राजा को गोरखाकाली मन्दिर दर्शनमा राजेन्द्र लिङ्देन निकटका नेताहरु अनुपस्थित।किन ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राजा को गोरखाकाली मन्दिर दर्शनमा राजेन्द्र लिङ्देन निकटका नेताहरु अनुपस्थित

गोरखा, चैत्र ९– गोरखा दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक गोरखाकाली मन्दिरमा हिजो बिहान आयोजित श्री ५ ज्ञानेन्द्र सरकारको विशेष पूजाआर्जामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही नेताहरू सहभागी भए पनि अध्यक्ष राजेन्द्र लिङ्देन निकट नेताहरू भने देखिएनन्।

राजसंस्था समर्थकहरूका लागि महत्त्वपूर्ण मानिने यस मन्दिरमा राप्रपाका नेताहरू प्रायः विशेष अवसरहरूमा दर्शन तथा पूजाआजा गर्न जाने गर्छन्। तर, यसपटक लिङ्देन निकटका नेताहरूको अनुपस्थितिले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु गराएको छ।

राजसंस्था र हिन्दुराष्ट्र को मुद्दा बोक्दै आएको लिंग्देन नेतृत्वको राप्रपा पछिल्लो समय आन्तरिक विवादमा मुछिएको छ ।संघियता खारेजी भन्दै प्रदेश जोगाउन तयार हुने ,गणतन्त्रको कमान्डर अर्थात प्रचन्ड नेतृत्वको सरकारसॅग मन्त्री पद सम्म नछोड्ने लिंग्देनको वास्तविक चरित्र माथी नै समकालिन नेताहरुले प्रश्न उठाईरहेका छन् । तर आलोचना गर्ने नेताहरुको कार्यवाहक जिम्मेवारी खोस्ने देखी अमेरीकी राहादानी भएका प्रेम श्रेष्ठलाई (जो साधारण सदस्य सम्म बन्न नपाउने राप्रपा कै विधान विपरित )केन्द्रिय कार्यसम्पादनमा राख्नुले नेता कार्यकर्ता माथी पार्टि नेतृत्वको विभेद हो भन्ने हाम्रो बुझाई छ , निकट स्रोतले भन्यो ।

पार्टी अध्यक्ष लिङ्देन निकट नेताहरू किन सहभागी भएनन् भन्नेबारे स्पष्ट कारण बाहिर आएको छैन। तर, राजेन्द्र लिंग्देन नेतृत्वको कारण दरबार देखी पार्टीभित्र सम्म देखिएको आन्तरिक मतभेदका कारण यस्तो भएको हुनसक्ने अनुमान गरिएको छ। केही नेताहरूले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् भने केहीले व्यक्तिगत कारणले उपस्थित हुन नसकेको बताएका छन्।

यसैबीच ऊपस्थित भएका राप्रपा लिङ्गदेन ईतर नेताहरू जो धवल शमशेर निकट भनेर चिनिन्छन् जिल्ला अध्यक्ष नारायण गुरूङ्ग,केन्द्रिय सदस्य अरुण गिरी ,केन्द्रीय सदस्य शङ्कर खराल, केन्द्रीय सदस्य जगत गौचन उपस्थित थिए । तर राजेन्द्र लिङ्गदेनका निकट मानिएका  गण्डकी प्रदेश अध्यक्ष पन्चराम गुरूङ,केन्द्रीय ऊपाध्यक्ष हेमजङ्ग गुरूङ्ग,गन्डकी प्रदेश सांसद विन्दु पहाडी पौडेल लगायत लिङ्गदेन निकटका गण्डकी प्रदेशका तथा स्थानीय नेताहरू उक्त कार्यक्रममा अनुपस्थित देखीए । 

राजनीतिक विश्लेषकहरूका अनुसार राप्रपा भित्र पछिल्लो समय देखा परेको गुटबन्दीको संकेत यस घटनाले झल्काएको छ। निकट भविष्यमा पार्टीभित्र फेरि आन्तरिक शक्ति सन्तुलनको बहस चर्किन सक्ने आँकलन गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।