सडक निर्माणमा लापरवाही र ढिलीसुस्ती भएपछि स्थानियको आक्रोश ! वडा कार्यालयमा तालाबन्दि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सडक निर्माणमा लापरवाही र ढिलीसुस्ती भएपछि स्थानियको आक्रोश ! वडा कार्यालयमा तालाबन्दि 

पोखरा, २०८२ जेठ ४ गते —

तालचोक–बेगनासताल सडकखण्डमा निर्माण कार्यमा देखिएको ढिलासुस्ती र अव्यवस्थाका कारण स्थानीय बासिन्दाले गम्भीर असन्तुष्टि जनाउँदै वडा नं ३१ को कार्यालय नै बन्द गर्न बाध्य भएका छन्।

बर्खाको मौसम सुरु भइसकेको अवस्थामा समेत सडकमा ग्रावेल नराखी रातो माटो मात्र हालिएकाले सडक हिलोले भरिएको छ। यसका कारण सर्वसाधारणलाई दैनिक आवतजावतमा अत्यधिक सास्ती भएको स्थानियको गुनासो छ। विद्यालय जाने विद्यार्थीदेखि वृद्धवृद्धा र बिरामीहरूसम्म प्रभावित भएको जनाइएको छ।

स्थानिय युवा आशिस अधिकारीका अनुसार  अनुसार पटक–पटक गुनासो गर्दा समेत बेवास्ता भएकाले अन्ततः दबाबस्वरूप वडा कार्यालय बन्द गर्नु परेको हो। आन्दोलनकारीहरूले तत्काल सडक सुधार नगरे कारवाहीको चेतावनी दिएका छन्।

वडा कार्यालयले भने प्राविधिक कारणले ढिलाइ भएको र चाँडै ग्रावेल राख्ने प्रक्रिया अघि बढिरहेको जनाएको छ। तर स्थानीय बासिन्दाले ठोस काम नभएसम्म आन्दोलन नरोकिने अडान लिएका छन्।

यस घटनाले जनताको असन्तुष्टि व्यवस्थापन गर्न स्थानीय तहले अझै गम्भीरतापूर्वक ध्यान दिनुपर्ने देखिएको छ।

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।