काठमाडौँको त्रिपुरेश्वर स्थित तेक्वान्दो हलमा राष्ट्रिय तेक्वान्दो संघ -नेपालद्वारा आयोजित २ दिने Poom Dan Examiner Training Course 2081 सम्पन्न भएको छ। साउन २५-२६ गते सम्म भएको कार्यक्रममा बागमती, गण्डकी, लुम्बिनी र मधेशका गरी ८५ जना प्रशिक्षकहरू सहभागी रहेका थिए।सो कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान उपाध्यक्ष शिव कोइरालाले गर्नुभएको थियो भने समापन कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष महेश्वर फुँयालले कोर्स पुरा गर्ने प्रशिक्षकहरूलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो। सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दोका मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठलाई कुकिवन सातौं डान सर्टिफिकेट प्रमुख अतिथि कोइरालाले प्रदान गर्नुभएको थियो।
सो कार्यक्रममा संघको वरिष्ठ उपाध्यक्ष भुपु कर्नेल तथा पाइलट एकनाथ थापा, उपाध्यक्ष राजकुमार कार्की,धुर्व बहादुर गुरुङ्ग,कोषाध्यक्ष पदम राना, नेपाली तेक्वान्दोको पहिलो ब्याजका प्रशिक्षक शेर बहादुर मगर, सिनियर प्रशिक्षक गौतम महर्जन,केन्द्रिय सचिवहरू र सो कार्यक्रमको प्रशिक्षक केन्द्रिय महासचिव राकेश कुमार राई,राखेपका तेक्वान्दो मुख्य प्रशिक्षक नविन कुमार श्रेष्ठ,संघका मुख्य प्रशिक्षक हरि बहादुर बुढाथोकी हुनुहुन्थ्यो भने कार्यक्रम सचिव सुवास तामाङ्गले संचालन गर्नुभएको थियो।सो कार्यक्रममा वक्ताहरुले यस कोर्सले तेक्वान्दो विकासमा अर्को इट्टा थप्ने कार्य गर्ने र आ-आफ्नो जिल्ला तथा प्रदेशमा गई सिकेका कुराहरु खेलाडीहरू माझ बाढ्नुपर्ने बताउनुभयो। साथै राष्ट्रिय तेक्वान्दो संघ -नेपालले आगामी दिनहरूमा पनि तेक्वान्दो विकासको निम्ति अन्य कार्यक्रमहरू क्रमश गर्दै जाने केन्द्रिय सचिव संजय लाल श्रेष्ठले बताउनुभयो।