**उपत्यकाका ६६ ट्राफिक लाइटमध्ये ४८ बन्द, ट्राफिक प्रहरीको नयाँ "कमाउने" तरिका!**

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं— उपत्यकामा रहेका ६६ स्थानमा जडान गरिएका ट्राफिक लाइटमध्ये ४८ स्थानमा ट्राफिक लाइट नबलेको अवस्था रहेको छ। ट्राफिक व्यवस्थापनमा समस्या आउँदा सवारी साधनका चालकहरू कन्फ्युज हुन बाध्य भएका छन्। यो परिस्थितिमा ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा हात हल्लाउनुका सट्टा, जरिवाना ठोक्ने पहेलो पुर्जीको सहारा लिएको पाइन्छ।

 

ट्राफिक बत्ती नबलेका ठाउँमा प्रहरीहरूले चालकमाथि कडा कारबाही गर्दै, जरिवाना काटेर राजस्व संकलनमा "फोकस" गरिरहेका छन्। "हात हल्लाएर त पैसा आउँदैन, पहेलो पुर्जी भिडाए कमिशन हात पर्छ," भन्ने धारणा प्रहरी बिचमा फैलिएको देखिन्छ। 

 

सवारी चालकहरू भने, "ट्राफिक प्रहरीले ट्राफिक लाइटको समस्या समाधान गर्ने काम गर्नुको सट्टा, त्यसको फाइदा उठाएर जरिवाना थमाउँदै सवारी जाम गरिरहेका छन्," भन्ने गुनासो गरिरहेका छन्। यसरी ट्राफिक लाइट नबलेको अवस्थालाई ट्राफिक प्रहरीले 'कमाइ' को अवसरका रूपमा प्रयोग गरेको जनगुनासो सुनिन थालेको छ।

 

प्रहरी प्रशासनले यसलाई कसरी सम्बोधन गर्नेछ त? यही प्रश्नले उपत्यकाका सवारी चालकहरूलाई सताइरहेको छ। 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।