विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने २ जना कारागार चलान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मिति २०८१।०४।१६ गते अंन्दाजी बिहान ०१:४५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ६ नारेश्वर स्थित डाक्टर थानेश्वर पहारीको घर भाडामा लिई मुक्तिनाथ सपिङ सेन्टर संचालक जिल्ला स्याङ्जा आधिखोला गाउँपालिका वडा नं.६ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१७ ड्यामसाईड बस्ने वर्ष ३६ का सुजन गहतराजले बिमाको रकम दाबी गर्नको लागि आफ्नै पसलमा आगो लगाएको घटनामा संलग्न निज सुजन गहतराज र जिल्ला स्याङ्जा पुतली बजार न.पा.वडा नं.७ स्थायी घर भई हाल जिल्ला कस्की पोखरा महानगरपालिका वडा नं.१७ बस्ने वर्ष ४३ को पवन नेपाल समेतलाई आपराधिक उपद्रव मुद्दामा मुद्दा दर्ता गरी अनुसन्धान गरिएकोमा सम्मानित कास्की जिल्ला अदालतबाट मिति २०८१/०५/१४ गते निजहरु दुबै जनालाई पुर्पक्षको लागी कास्की कारागारमा चलान भएको ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।