७२ सालको भूकम्पको दश वर्ष
बि.सं. २०७२ बैशाख १२ गते दिउँसो ११:५६ बजे गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टरको भूकम्प गएको थियो । यस भूकम्प पछि पनि कैयौं पराकम्पनहरु समेत गएका थिए । १७ दिन पछि बैशाख २९ गते दिउसो पून अर्को ७.३ रेक्टरको भूकम्प गएको थियो । यि दुइ ठूला भूकम्पका कारण नेपाल भरि गरि ८७८९ जनाको निधन भयो । २२३०९ जना गम्भिर घाइते भए । ५११३९० घरहरु पूर्णरूपमा क्षति भए भने करिव २८६७६७ घरहरु आंशिक रूपमा क्षति भए । यस भूकम्पले नेपालका १७ जिल्लामा प्रभाव पारेको थियो ।
भूकम्प पछि देशमा तथा बिदेशबाट समेत राहत सामग्री जम्मा गरि वितरण समेत गरिएको थियो । राहत वितरण गर्दा समेत पार्टीका कार्यकर्तालाई मात्र बाँड्ने तथा मन्त्रि तथा नेताहरुले समेत राहत सामग्री लुकाउने समेत गरिएको पाइएको थियो । छाना छाउनका लागि बाँडिने जस्ता पाता तथा पालहरु समेत लुकाइएका घटनाले नेपालका राजनीतिकर्मीहरु कति सम्मका रहेछन् भन्ने जनताले बुझेका थिए ।
भूकम्पले सबैभन्दा बढि प्रभाव पारेको सिन्धुपाल्चोक जिल्लामा ३६६० जनाको मृत्यु भएको थियो । काठमाडौमा १२३६ जनाको मृत्यु भएको थियो । त्यसपछि नुवाकोटमा १११२ जनाको मृत्यु भएको थियो । भूकम्पको उच्च जोखिम रहेको नेपालमा भूकम्प जानुको प्रमुख कारण नै भारतीय प्लेट यूरेशिया प्लेट बिचको घर्षण हो । प्रत्येक वर्ष दुइ सेन्टीमिटरका दरले भारतीय प्लेट यूरेशिया प्लेटमा घुस्ने गर्दछ । जसले गर्दा जमिन देखि १० किमी तल हलचल हुने गर्दछ । जसले गर्दा समय समयमा जमिन सतहमा पनि हलचल हुन्छ जसलाई हामी भूकम्प भन्दछौ । ७२ को भूकम्प गोरखा देखि पूर्व तर्फ असर गरेको थियो । जुन क्षेत्रमा समय समयमा भूकम्प भइरहेको पाउँछौ । तर गोरखा देखि पश्चिम अर्थात पोखरा देखि गढवाल सम्मको करिव ८०० किमीको प्लेटमा भने बिगत ५०० भन्दा बढि समय देखि ठूला भूकम्प गएको छैन । यसर्थ यस क्षेत्रमा भविष्यमा जान सक्ने भूकम्प अझ भयावह हुने अनुमान गरिएको छ । यसले गर्न सक्ने क्षतिको असर निकै ठूलो हुनेछ ।
तस्विरहरु गुगलबाट लिइएका हुन् ।