पोखरा १३ मा तरबुजा मेला २०८२ : स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा १३ मा तरबुजा मेला २०८२ : स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

पोखरा, १३ – “स्थानीय उत्पादनलाई प्रोत्साहन!” भन्ने नारालाई आत्मसात् गर्दै पोखरा १३ कुडहरुमा मा वडास्तरीय तरबुजा मेला २०८२ को आयोजना गरिँदैछ । वडाअध्यक्ष किरण बराल भन्छन “स्थानीय तहको उम्मेदवार हुँदा उठाइएको प्रतिबद्धतालाई कार्यान्वयनतर्फ डोर्याउँदै, मेलाको आयोजनाले कृषकको मेहनत र पसिनाको फललाई सम्मान गर्ने उद्देश्य लिईएको छ।”

पोखरा महानगरपालिकाको कृषि विकास शाखाको आयोजनामा र वडा नं. १३ को कृषि सञ्जालको व्यवस्थापनमा हुने यस मेलामा विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्। मेलामा तरबुजा प्रदर्शनी, निशुल्क स्वाद परीक्षण, प्राविधिक जानकारी, सफल कृषकका अनुभव, परिकार प्रदर्शनी, बाली उपचार शिविर जस्ता कार्यक्रमहरू एकै ठाउँमा उपलब्ध गराइनेछन्।

मेलाको उद्देश्य स्थानीय कृषकहरूलाई आत्मनिर्भर बनाउनु, उनीहरूको उत्पादनलाई बजारसम्म पुर्‍याउनु र उपभोक्तालाई ताजा र गुणस्तरीय फलफूलको पहुँच उपलब्ध गराउनु रहेको आयोजकले जानकारी दिएका छन्। साथै, यस मेलाले कृषिमा नयाँ सोच, प्रविधि र अनुभव साटासाट गर्ने सशक्त मञ्चको रूपमा पनि काम गर्ने अपेक्षा गरिएको छ।

स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत पोखराको कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिंदै आयोजकले स्थानीय बासिन्दा, कृषक, विद्यार्थी, प्राविधिक तथा सरोकारवालाहरूलाई मेलामा सहभागी भई सहयोग गर्न आग्रह गरेका छन्।
 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।