पोखरामा लोकतन्त्रको नाममा लुटतन्त्रको विरोध, लोकतन्त्र दिवसलाई ‘कालो दिन’को रूपमा मनाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरामा लोकतन्त्रको नाममा लुटतन्त्रको विरोध, लोकतन्त्र दिवसलाई ‘कालो दिन’को रूपमा मनाइयो

पोखरा, वैशाख ११ — लोकतन्त्र दिवसको अवसरमा पोखरामा स्वतन्त्र नागरिक समूह तथा  समाजिक अभियन्ताहरुले लोकतन्त्रको नाममा फैलिएको ‘लुटतन्त्र’ विरुद्ध विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले लोकतन्त्र दिवसलाई ‘कालो दिन’को रूपमा मनाउँदै सरकारको असफलता, भ्रष्टाचार, र जनअपेक्षाविपरीतको शासनप्रणालीको कडा आलोचना गरे।

पोखराको मुस्तांगचोकमा आयोजित विरोध कार्यक्रममा सहभागीहरूले ‘लुटतन्त्र मुर्दावाद’, ‘जनताको लोकतन्त्र कहाँ हरायो?’, ‘भ्रष्टाचार नियन्त्रण गर , संबैधानिक राजसंस्था कायम गर ,वैदिक सनातन हिन्दु अधिराज्य पुनर्स्थापना गर ,चैत्र १५ गतेको घटनालाई निष्पक्ष छानबिन गर,आस्थाका बन्दिहरुलाई स सम्मान रिहाई गर जस्ता नारासहित प्लेकार्ड बोकेका थिए।नेताहरूले जनताको अधिकारलाई खोसेर आफ्नै स्वार्थका लागि सत्ताको दुरुपयोग गरेको आरोप लगाए।

विरोध प्रदर्शनमा सहभागी अभियन्ता डा विश्वास सुवेदि भन्छन्, “१६ वर्षदेखि स्थायी सरकारको नाममा जनताको सपना बेचिएको छ। यो लोकतन्त्र होइन, लुटतन्त्र हो।”

लोकतन्त्रको मूल मर्म र जनताको अपेक्षा अनुसारको शासन प्रणाली स्थापना हुनुपर्ने हो तर ठिक विपरित तानशाही प्रवृतीले सिमा नाग्यो त्यसैले अबको बिकल्प पृथ्वीपथ हो ।वर्तमान राजनितिक अस्थिरता को कारण नितिगत भ्रष्टचार मौलाएका राज्यका सबै निकायमा पारदर्शिता र जवाफदेहिता कायम गर्न आग्रह गरेका छन् । 

स्थानीय प्रशासनले प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ। लोकतन्त्र दिवसको दिन नागरिक असन्तोषको यो स्वर नेपाली राजनीतिमा गहिरो सन्देशको रूपमा लिइएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।