श्री सहिद स्मृति आवासीय मा वि पोखराद्वारा बृहत शैक्षिक प्रदर्शनी तथा फुड फेस्टिबल आयोजना
पोखरा ,माघ १५ —पोखराको श्री सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा, सृजनशीलता र व्यवहारिक सीपलाई सार्वजनिक रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ बृहत् शैक्षिक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा फुड फेस्टिबल–२०८२ आयोजना गर्ने भएको छ।
विद्यालयको आयोजनामा हुन लागेको उक्त कार्यक्रम माघ १६ गते शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न हुनेछ। बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका शैक्षिक सामग्री, सिर्जनात्मक कला, विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रदर्शनीहरू प्रस्तुत गरिनेछ। साथै विभिन्न सांस्कृतिक प्रस्तुति र परम्परागत तथा आधुनिक परिकारहरू समेटिएको फुड फेस्टिबल पनि आयोजना गरिने विद्यालयले जनाएको छ।
विद्यालय प्रशासनले कार्यक्रममार्फत विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै अभिभावक, पूर्व विद्यार्थी र शुभचिन्तकहरूसँग शैक्षिक सम्बन्ध थप सुदृढ गर्ने अपेक्षा राखेको छ। सो अवसरमा विद्यालयले सबै अभिभावक, भूपू विद्यार्थी तथा शुभेच्छुकहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाउन हार्दिक अनुरोध गरेको छ।