अज्ञात समुहको आगजनीबाट गोरखनाथ शक्तिपिठका ऐतिहासिक दस्ताबेजहरु जलेर नष्ट । सनातन ॐकार धर्मावलम्बीहरूमा आक्रोश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अज्ञात समुहको आगजनीबाट गोरखनाथ शक्तिपिठका ऐतिहासिक दस्ताबेजहरु जलेर नष्ट । सनातन ॐकार धर्मावलम्बीहरूमा आक्रोश

चितवनको बाग्यश्वरी शक्तिपीठ योगी नरहरीनाथ गौशाला क्षेत्रमा गएराती करिब २:०० बजे अज्ञात व्यक्तिहरूद्वारा आगजनी गरिएको घटनाले सनातन धर्मावलम्बी समुदायमा गहिरो आक्रोश फैलिएको छ।

सामुदायिक स्रोतका अनुसार, यो हमला जानाजान शक्तिपीठमाथिको धार्मिक भावनामा चोट पुर्‍याउने उद्देश्यले गरिएको हुनसक्ने आशंका गरिएको छ। घटनास्थलमा क्षति विवरण संकलन भइरहेकाले यथार्थ विवरण केही समयमा सार्वजनिक हुने जनाइएको छ।

विश्व हिन्दु महासंघ, कास्की शाखाले जारी गरेको वक्तव्यमा घटनाको घोर निन्दा गर्दै आगजनी गर्ने दोषीहरूलाई यथासिघ्र पत्ता लगाई सार्वजनिक गरिनुपर्ने र कडा कानुनी कारबाही गर्नुपर्ने माग गरिएको छ। महासंघले यस विषयमा सम्बन्धित सुरक्षा निकायलाई औपचारिक पत्राचार गरिसकेको जानकारी पनि दिएको छ।

त्यसैगरी, राष्ट्रिय नाथ परिषद्का गुरु महाराजहरूले पनि यस घटनालाई धार्मिक उपेक्षाको नतिजा भन्दै, सरकारलाई संविधान संशोधनमार्फत संस्कृत शिक्षा अनिवार्य गरी नेपाली संस्कार र संस्कृतिको संरक्षण गर्न सुझाव दिएका छन्। उनका अनुसार, ॐकार परिवारमा आबद्ध ९३% नेपालीहरूको भावना र मर्मको सम्मान गर्दै धार्मिक स्वतन्त्रताको संरक्षण अत्यावश्यक छ।

हालसम्म सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ र अनुसन्धान भइरहेको जनाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले घटनाबारे अनुसन्धान तीव्र पारिएको बताउँदै चाँडै दोषीको पहिचान हुने दाबी गरेको छ।

सनातन धर्मावलम्बी समूहहरूले यस्तो प्रकारका आक्रमण दोहोरिन नदिन कडा सुरक्षा र कानुनी कदम चाल्न सरकारसँग माग गरेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।