पोखराको विवादित कोटिहोममा अनावश्यक तडकभडक: देवी प्रतिभाको सुरक्षामा ट्राफिक नियमको उल्लंघन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखराको विवादित कोटिहोममा अनावश्यक तडकभडक: देवी प्रतिभाको सुरक्षामा ट्राफिक नियमको उल्लंघन

पोखरा, वैशाख १२ — विवादित धर्मगुरु विजय भन्डारीको कोटिहोम नाममा आयोजित धार्मिक ब्यापार कार्यक्रममा सहभागी हुन आएकी भागवत कथा वाचिका देवी प्रतिभा सोमबार पोखरामा अत्यधिक तडकभडकका साथ देखिइन्। धर्मको प्रचारप्रसार गर्ने नाममा उनले देखाएको प्रदर्शन र सुरक्षाको नाममा नियम उल्लंघनले सर्वसाधारणमा तीव्र आलोचना चुलिएको छ।

देवी प्रतिभा पुम्दिकोट शिव मन्दिरमा जॅादै गर्दा उनको सवारी साधनमा ठूलो संख्यामा निजी सुरक्षागार्डहरू झुन्ड्याइएको देखिएको थियो, जसले न केवल ट्राफिक नियमको उल्लंघन गर्‍यो, तर सर्वसाधारणको सुरक्षामा समेत प्रश्न उठाएको छ। सडकमा गुन्डा शैलीमा गरिएको प्रदर्शनप्रति स्थानीय प्रशासन मौन देखिँदा सामाजिक सञ्जालमा आक्रोश फैलिएको छ।

धर्मको नाममा ‘शो अफ’?

धार्मिक कथा वाचन गर्ने व्यक्ति किन यति धेरै सुरक्षाको आवश्यकता देख्छन्? जनताको प्रश्न स्पष्ट छ— धर्मका नाममा हुने यस्ता क्रियाकलाप धर्ममाथिकै प्रहार हुन्। धार्मिक व्यक्तिहरूको आचरण सरल, सादगीपूर्ण र अनुशासित हुने अपेक्षा गरिन्छ, तर जब उनीहरू नै नियम उलङ्घन गर्दै ‘भिआइपी शैली’मा सहर घुम्न थाल्छन्, तब धर्मको मर्यादामाथि प्रश्न उठ्छ।

प्रशासन मौन, जनतामा रोष

स्थानीय प्रशासनको मौनताप्रति सर्वसाधारण आक्रोशित छन्। “धर्मगुरु वा कथा वाचिका भनेर ट्राफिक नियम उल्लंघन गर्ने छुट कसैलाई छैन,” एक स्थानीय अधिकारकर्मीले बताए। उनले यसप्रकारको गतिविधिमा तुरुन्त अनुसन्धान गरेर कारबाहीको माग गरेका छन्।

पोखराको सडकमा यस्तो दृश्य फेरि नदेखियोस् भन्ने आम नागरिकको माग छ। धार्मिक कार्यक्रमको नाममा कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश दिन अब प्रशासनले स्पष्ट कदम चाल्नुपर्ने समय आएको छ।

“नबिराउनु, नडराउनु देवी प्रतिभा जी”

धार्मिक उपदेश दिने व्यक्तिहरूले आफ्नो आचरणमार्फत समाजलाई प्रेरणा दिनुपर्छ। तर जब त्यही व्यक्तिले नै नियम मिच्न थाल्छन्, तडकभडक र सस्तो लोकप्रियतामा रमाउछ तब उनीहरूको विश्वासनीयता गम्भीर रूपमा खल्बलिन्छ। अब देवी प्रतिभा स्वयंले आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको छ— के यो धर्म प्रचार हो कि धर्मको अपमान?

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई bijayparajuli328@gmail.com मा पठाउनु होला । धन्यवाद ।